|
एक्काईसौ शताब्दीको विश्व आम संचारले निकै साँधुरो भै सक्दा पनि नेपाल जस्ता अल्प विकसित राष्ट्रका अधिकांश समुदायहरु सूचना र संचारको सुविधावाट बिाचत छन् । नेपालको आम संचारको विकासक्रमलाई हेर्दा सरकारको प्रयासमा संचालन भएको संचार माध्यमहरुको पर्याप्तता तथा प्रभाव निकै कम छ भने प्रजातन्त्रको पुर्नवहाली पछि यस क्षेत्रमा विकासक्रम तिव्र भएपनि निजी लगानीमा संचालित अधिकांश टेलिभिजन र एफ।एम।रेडियो केन्द्रमुखी भै संचालनरत छन् । भौगोलिक बिकटतागरिवीअशिक्षाको कारण पत्रपत्रिका र टेलिभिजनको ग्रामीण समुदायको पहुँचमा नरहेको यथार्थसंगै समुदायमा आधारित आम संचार त्यसमा पनि जनचेतनालोक प्रव¢्रन र बिकासमुखी एफ।एम। विकेन्द्रित आम संचार वढी लोकपि्रय र प्रभावकारी माध्यम वन्ने छ ।
| FM Cover Area |
 |
| |
 |
|
|