बागलुङ म्ााघ / नेपाल टेलिकम कार्यालय बागलुङले धौलागिरीमा माघ ४ देखि २० गते सम्म २२ हजार ६० प्रिपेड सिमकार्ड बितरण गरेको छ । कार्यालयमा दर्ता भएका र इन्टरनेटबाट दरखास्त भरेका ग्राहकहरुलाई सयूक्तंरुपमा वितरण गरिएको टेलिकम कार्यालयका पं्रमुख बम बहादुर श्रीसले बताए ।
अञ्चलका चार जिल्लाअर्न्तगत बागलुङमा १५ हजार ७ सय ९०, पर्बतमा ४ हजार २ सय ४६, र म्याग्दीमा २ हजार २४ सिमकार्ड बितरण गरिएको छ। १६ दिन सम्म्ा बितरण गरिएका सिमकार्ड बाट २ करोड ५० लाख ३८ हजार १ सय रुपयाँ राजश्व सङकलन भएको टेलिकमले जनाएको छ ।
पुन ,माघ महिना सम्म इन्टरनेटबाट दरखास्त भरेका ग्राहको लागि फागुन महिनामा ३ हजार सिमकार्ड बितरण गरिने टेलिकम बागलुङले जनाएको छ ।
हाल सिमकार्ड बितरण सगसगै अहिले बागलुङ बजारमा २, बिहुकोटमा, गल्कोटको नरेठाटी, उपल्लाचौर, रामरेखा र पवर्तको गोदाममा एक एक वटा बिटियस टावर निमार्ण्र्ाारि स्ान्चालन गरीएको बताइएको छ । त्यस्तै निर्माणाधिन अबस्थामा रहेका टावरहरुमा जिल्लाको कुडुले र पर्बतका पाङ, दुलुङ, मुडुक्वा, खानीगाउँ लुङख्खुमा रहेको जनाइएको छ ।
अहिलेसम्म धौलागिरीमा प्रिपेडकार्ड ४५ हजार ,पोष्टपेड ५ हजार र स्काई ३ हजार ५ सय सिमकार्ड टेलिकमले बितरण गरिसकेको छ । बाँकि समाचार» |